Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस नेता दहितले भने - शिक्षकलाई राजनीतिक झोले बनाउनु हुँदैन, पार्टीसम्बद्ध शिक्षक संगठन खारेज गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपाल दहितले पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग गरेका छन् ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेता दहितले यस्तो बताएका हुन् ।

शिक्षकहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्ने उनको भनाई छ ।

कांग्रेस नेता दहितले भने,‘यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ । उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन । नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताए ।

नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे ।

कांग्रेस नेता दहितले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077