Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीनवटा प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको पहिलो दिन तीनवटा प्रस्ताव प्रस्तुत भएका हुन् ।

यस्तै बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखे ।

बैठकमा कांग्रेसको महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । महामन्त्री गगनकुमार थापाले बैठकमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कांग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077