Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरभित्रका विद्यालयको स्थिति बुझ्न खटिए नगरप्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएपछि नगरप्रहरीले अनुगमन थालेको छ ।

शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे नगरप्रहरीले अनुगमन थालेको हो । काठमाडौं महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो ।

महानगरको चेतावनीपछि पनि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि मेयर बालेन्द्र साह (बालेन)ले नगरप्रहरीको टोलीलाई विद्यालय अनुगमनमा खटाएको छ ।

नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।

काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।

तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077