Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र आयरल्यान्डका समकक्षीबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डका समकक्षीबीच भेटवार्ता भएको छ ।

आयरल्यान्ड भ्रमणमा रहेका सभामुख घिमिरेले आइरिस संसद्‌को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन् ।

भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको छ । नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगस्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । उक्त भेटमा सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानुनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077