Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनको निर्देशन अवज्ञा गर्दै महानगरका शिक्षकहरू आन्दोलनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका विद्यालय बन्द नगर्न मेयर बालेन्द्र साह (बालेन)ले दिएको चेतावनी विपरीत शिक्षकहरू आन्दोलनमा होमिएका छन्।​

विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरू आन्दोलनमा गएपछि काठमाडौं महानगरभित्रका सरकारी स्कूलमा पठनपाठन ठप्प भएको छ ।

शिक्षकहरूलाई मेयर बालेनले स्कूल बन्द नगर्न चेतावनी दिएका थिए । महानगरको विज्ञप्ति लगत्तै काठमाडौंका झन्डै २ दर्जन स्कूलका प्रधानाध्यापकले महानगरको निर्णय अवज्ञा गर्ने बताएका थिए ।

माग पूरा गराउन शिक्षकहरू आन्दोलनमा सहभागी भएपछि स्कूलमा पठनपाठन प्रभावित भएको हो। शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077