Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

देउवा–कोइराला विवाद किन बढ्यो ?

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ‘चरम असन्तुष्टि’ व्यक्त गरे। अब नसच्चिए सहकार्यसमेत नगर्ने भन्ने चेतावनी नै देउवालाई दिए । डा. कोइराला देउवासँग यति धेरै असन्तुष्ट किन त ?

कोइराला पक्षधर एक केन्द्रीय सदस्य भन्छन्– ‘पार्टी, भ्रातृसंगठन र राजकीय अवसरमा संस्थापन पक्षले एकलौटी गर्‍यो । त्यसैकारण हामी अब चुप लागेर बस्दैनौं।’ बिहीबारबाट बस्ने केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका एकतर्फी निर्णयको विरोध गर्ने कोइराला पक्षधर नेताहरू बताउँछन्।

पार्टीको १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि कोइरालाले पार्टीमा ४० प्रतिशत भाग माग्दै आएका छन्। तर, देउवाले त्यसलाई ठाडै अस्विकार गरेपछि कोइराला समूह देउवासँग असन्तुष्ट बन्दै आएको छ। मन्त्री चयनमा पनि देउवाले सल्लाह नै नगरी सिफारिस गरेको भन्दै कोइराला समूहले असन्तुष्टि जनाएको थियो। त्यसबेला कोइराला समूहले तीनजना मन्त्री आफ्नो भागमा पर्नुपर्ने माग गरेको थियो। तर, देउवाले दुई जना मात्रै बनाए।

त्यसपछि देउवाले पार्टीका महत्वपूर्ण भ्रातृसंगठनहरू नेविसंघ, तरुण दल र महिला संघमा सभापतिसहित ठूलो संख्यामा केन्द्रीय सदस्य मनोनीत गरे। त्यसमा पनि आफ्नो पक्षलाई बेवास्ता गरेको कोइराला समूहको बुझाइ थियो। हालैमात्र संघीय संसद्का समिति सभापति छनोटमा पनि कोइराला समूहले माग गरेअनुसार देउवाले मानेनन्। कोइराला समूहले २ सभापति मागेको थियो। तर, देउवाले एक जना सुनुवाइ समितिको सभापतिमा जीवन परियार० लाई मात्रै प्रस्ताव गरे। परियारले सभापति पद नै अस्विकार गरे।

त्यसो त कोसी प्रदेश सरकार गठनको प्रक्रियामा समेत देउवा र कोइरालाबीच नीतिगत व्यवस्थामै बिमति देखियो। कोसी प्रदेशसभाका सभामुखलाई मत हाल्न लगाउने निर्णय गलत भएको भन्दै कोइरालाले असन्तुष्टि जनाए। यस्तै, कोइराला समूहले प्रदेशका मुख्यमन्त्री र मन्त्री छनोटमा पनि संस्थापन पक्षले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077