Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वाग्मती नदीबाट बुधबार राति २ बजे एक जनाको उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले वाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामालाई बुधबार राति २ बजे उद्धार गरिएको हो ।

पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेपछि वारि आउन नसकेर नदी किनारको पहरामा फसेका थिए ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमान्डमा गएको १५ जनाको सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।

उद्धारपछि उनलाई उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077