Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • शिक्षकहरुले अघि सारेका समस्याको हल खोज्नैपर्छ : विश्वप्रकाश शर्मा

    शिक्षकहरुले अघि सारेका समस्याको हल खोज्नैपर्छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकहरुले अघि सारेका न्यायोचित माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् ।



    महामन्त्री शर्माले भने, ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ! हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’



    उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील समेत गरे ।

    महामन्त्री शर्माले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने कर्तव्य राज्यको भएको बताउँदै प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने प्रधान दायित्व भने शिक्षकको भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार