Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखरले बोलाएको भेलामा नजाने महामन्त्री शर्माको संकेत, शर्माले भने - आफ्नो जिम्मेवारीप्रति सजग छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री खोज्ने बहसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल लेख्दै एक्समा महामन्त्री शर्माले समय चेत बुझ्न र देश हाँक्न सक्ने प्रधानमन्त्री खोज्नुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले लेखेका छन्, ‘समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ। अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु ।’

कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको उनले बताए। शर्माले आफू महासमिति बैठककै तयारीमा जुटेको बताए।

महामन्त्री शर्मालाई नेता शेखर कोइरालाले आफू पक्षिय पदाधिकारी र केन्द्रीय सदस्यहरूको मंगलबारको बैठकमा बोलाएका थिए। तर शर्माले उक्त भेलामा नजाने संकेत गरे।

महामन्त्री शर्माले मंसिरमा हुने पार्टीको महासमिति बैठकले पार्टी पङ्तिमा ऊर्जा दिने बताए। साथै नागरिकमा देखा परेका वितृष्णा चिर्दै नवीन विश्वाससाथ अघि बढ्ने उनले बताए।

कांग्रेसभित्र पनि विभिन्न विचार समूह रहे पनि सिंगो संस्थाले नै विभिन्न विषयमा सार्थक बहस र तार्किक निष्कर्ष दिनुपर्ने महामन्त्री शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077