Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • खोलामा नुहाउन गएकी १३ वर्षीया बालिकाको शव फेला

    खोलामा नुहाउन गएकी १३ वर्षीया बालिकाको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा खोलामा नुहाउन गएकी १३ वर्षीया एक बालिकाको शव फेला परेको छ ।

    जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेको अवस्थामा नौखुरीकी १३ वर्षीया सृष्टि डगौराको शव फेला परेको हो।



    घरबाट एक्लै खोलामा नुहाउन गएकी बालिका घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

    खोजतलास गर्ने क्रममा मृत अवस्थामा खोलामा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

    घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार