Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोलामा नुहाउन गएकी १३ वर्षीया बालिकाको शव फेला

कञ्चनपुर । कञ्चनपुरमा खोलामा नुहाउन गएकी १३ वर्षीया एक बालिकाको शव फेला परेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेको अवस्थामा नौखुरीकी १३ वर्षीया सृष्टि डगौराको शव फेला परेको हो।

घरबाट एक्लै खोलामा नुहाउन गएकी बालिका घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

खोजतलास गर्ने क्रममा मृत अवस्थामा खोलामा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077