Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीज हेरेर फर्किने क्रममा चट्याङ लागेर एकको मृत्यु, ९ जना घाइते

दैलेख । चट्याङ लागेर दैलेखमा एक जनाको ज्यान गएको छ ।

जिल्लाको महाबु गाउँपालिका–३ का १६ वर्षीय किशोर दाहालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ लागेर नौ जना घाइते भएका र उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सोमवार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लोमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीलृ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077