Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरपालिकाले विपन्नलाई दाहसंस्कार खर्च दिने

कैलाली । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ।

आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर उपमहानगरले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने भएको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षहरूको समन्वयमा उपलब्ध गराइने जनाइएको छ।

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077