Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

औपचारिक भ्रमणका लागि सभामुख घिमिरे आयरल्यान्ड प्रस्थान

काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्यान्डको औपचारिक भ्रमणमा निस्किएका छन् ।

तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आज बेलुकी आयरल्यान्डको भ्रमणमा गएका हुन् ।

सभामुख घिमिरे असोज ५ गतेसम्म आयरल्यान्डमा रहनेछन् ।

भ्रमण टोलीमा सभामुख घिमिरे, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलमा आयरल्याण्डका लागि नेपालका गैरआवासीय राजदूतावास, लण्डनका द्वतीय सचिव रामबाबु नेपाल पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077