Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारविरूद्ध सरकारले फायर नै खोल्नुपर्ने बताएका छन्।

कांग्रेस झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, फायर नै खोल्नुपर्ने बताए।

उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए।

महामन्त्री शर्माले भने,'कांग्रेसले कसैलाई निलम्बन गर्‍यो वा गरेन, त्यो ठूलो कुरा होइन। यस्तो हल्ला गर्नुको अर्थ पनि छैन । भ्रष्टाचारको फाइल मात्र होइन, फायर खोलिनुपर्छ।'

नेपाली कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहने उल्लेख गर्दै उनले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता औंल्याए।

उनले पार्टीमा भइरहेका गल्ती–कमजोरीको सबै दोष आफूहरूले नलिने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077