Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस ब्यान्ड बाजा नभएर नौमती बाजाजस्तो : विश्वप्रकाश शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस ब्यान्ड बाजा नभएर नौमती बाजाजस्तो भएको बताएका छन् ।

झापाको दमकमा पार्टीको क्षेत्र नं ५ को प्रथम क्षेत्रीय सम्मेलनमा शुक्रबार बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले भने, “ब्यान्ड बाजामा मानिस एकक्षण रमाउन सक्लान्, तर सधैँ प्रिय लाग्ने बाजा त नौमती नै हो । पञ्चेबाजा नै हो ।”

शर्माले नौमती बाजाजस्तै जनताले बिर्सिन नसक्ने पार्टीको रुपमा कांग्रेस रहेको दाबी गरे ।

कांग्रेसबाट निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिदेखि अन्य कार्यकर्तालाई समेत जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे । जनप्रतिनिधिले काम गर्दा पार्टी नहेरी जनताको सामूहिक स्वार्थलाई केन्द्रमा राख्नुपर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077