Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी राष्ट्रपति पुटिन र कोरियाली शासक किमले एक-अर्कालाई दिए राइफल उपहार

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेट भएको छ ।

गत बुधबार सुदूरपूर्वी रूसको अमुर क्षेत्रको भोस्तोच्नी कस्मोड्रोममा पुटिन र किमबीच भेटवार्ता भएको थियो।

उक्त भेटमा उनीहरूले एक९अर्कालाई राइफल उपहार दिएका छन् । पुटिनले किमलाई रूसमा बनेको उच्च गुणस्तरको राइफल उपहार दिएका थिए ।

उनले किमलाई स्पेस ग्लोभ्स पनि उहार दिएका थिए। बदलामा किमले पनि एउटा राइफल पुटिनलाई उपहार दिएका हुन्।

पुटिन र किमबीच भोस्तोच्नी कस्मोड्रोममा झन्डै दुई घन्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा किमले पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका थिए।

पुटिनलाई भेट्न किम रेल चढेर रूस गएका थिए। उनीहरुबीचको भेटवार्ता अझै सकिएको छैन ।

घर फर्कनुअघि किमले रुसको प्रविधिमा निर्मित युद्धपोत, हवाई उद्योग, सैन्य इलाका लगायतका क्षेत्रको भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077