Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाली नेता किमले रुस भ्रमण लम्ब्याए

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अप्रत्याशित रूपमा आफ्नो रुस भ्रमण लम्ब्याएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेपछि किमले भ्रमण लम्ब्याएका हुन् । पुटिन भने रुसको उत्तरी शहरमा किमसँग शिखर वार्ता गरेर मस्को फर्किसकेका छन् ।

दुई नेताबिच हतियार समझौताबारे छलफल भएको बुझिएपनि दुबै देशले यसबारे केही प्रतिक्रिया जनाएका छैनन् ।

किमले उत्तर कोरिया भ्रमण गर्न रुसी राष्ट्रपतिलाई निमन्त्रणा दिएको र पुटिनले पनि कृतज्ञतापूर्वक यसलाई स्विकार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077