Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • कांग्रेस महामन्त्री शर्माले भने – आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन छैन

    कांग्रेस महामन्त्री शर्माले भने – आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन छैन

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.1K
    SHARES

    सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन नभएको बताएका छन् ।

    बिहीबार बिहान प्रेस युनियनले सिन्धुलीमाडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    कांग्रेसले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटकभन्दा बढी हुन नपाउने नीति अधिवेशनबाट पास गर्ने भएकाले को प्रधानमन्त्री हुन्छ भन्ने अहिले नै भन्न सकिने स्थिति नरहेको महामन्त्री शर्माले जनाए ।



    कांग्रेसको महासमिति बैठकमा यो एजेन्डा लगेर सैद्धान्तिक सहमति गरी नीति अधिवेशनबाट पारित गराउने तयारी भइरहेको महामन्त्री शर्माले बताए ।

    कांग्रेस सभापति देउवाले एक प्रसंगमा यो नियम पास भए आफू प्रधानमन्त्री हुन नपाउने भन्दै हस्यौली गरेको समेत महामन्त्री शर्माले बताए ।

    कांग्रेसले गरेका राम्रा कामको प्रचार हुन नसकेकाले जनतामा भ्रम सिर्जना भएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार