Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार धनगढीबाट डोटीतर्फ आइरहेको अटो बेलुकी करिब ५ बजेतिर हगुल्टे नजिकै दुर्घटना भएको थियो। बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अटो अहिलेसम्म भेटिएको छैन कुहिरो लागेका कारण खोजी कार्यमा समस्या भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077