Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सहकारी ठगी : ‘ग्यालेक्सी टिभी’ का अध्यक्ष फरार, उपाध्यक्ष रम्तेल पक्राउ

    सहकारी ठगी : ‘ग्यालेक्सी टिभी’ का अध्यक्ष फरार, उपाध्यक्ष रम्तेल पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम ठगी गरेको आरोपमा ‘ग्यालेक्सी फोर के’ टेलिभिजनका उपाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष समेत रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरबाट पक्राउ गरेको हो ।

    जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष तथा ‘ग्यालेक्सी फोर के’ टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अध्यक्ष राईसहित अझै ६ जना फरार रहेका छन् ।



    जीबी समूहको सूर्यदर्शन बचत तथा ऋण सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएका थिए । बचतकर्ताको अर्बौं रकम हिनामिना र रकम फिर्ता नगरेको आरोपमा उनीहरूविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।



    नेपालमा सहकारी मार्फत ठगी गरेको पैसा उनीहरुले विभिन्न मुलुकमा नेचर हब मार्फत लगानी गरेर व्यक्तिगत फाइदा उठाएका थिए । रम्तेल गोरखा नेस्ट नामक नेटवर्किङ व्यावसायका समेत मालिक हुन् ।

    जाहेरी दिएकाहरूले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन्। रम्तेललाई कुमारीपाटीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार