Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल काठमाडौंबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन् । अपराध महाशाखा काठमाडौंको टोलीले कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत कास्कीले आइतबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् भने अरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077