Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमको ‘टिकटक च्यालेन्ज’, विजेतालाई ४० हजार पुरस्कार

    नेपाल टेलिकमको ‘टिकटक च्यालेन्ज’, विजेतालाई ४० हजार पुरस्कार

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।

    नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।



    जसअनुसार नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो च्यालेन्ज भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ ।



    विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

    त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु.५०० को टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार