Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलङ्की क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ ।

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो ।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चा टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरू भेटिन्छन् । उनीहरूमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरूको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077