Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे स्वीट्जरल्याण्डका लागि सुवेदीलाई राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

उनलाई स्वीट्जरल्याण्डका राजदूत तथा सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई स्वीजरल्याण्डका लागि सहित ६ देशका लागि राजदूत सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077