काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।
अध्यक्ष ओलीलाई भेट्न मानुसी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन् ।
फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् ।’
मानुसी मंसिर ४ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट काठमाडौं ७ मा उम्मेदवार बनेकी थिइन् ।
Leave a Reply