Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतले नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने सापकोटालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटाविरूद्ध ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ। बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा सात्क्षात्कार कार्यक्रममा सहमहामन्त्री यादव सहभागी भएका थिए।

त्यही कार्यक्रममा सापकोटा पनि सहभागी थिए। कार्यक्रम सकेर फर्किँदा यादवलाई पछ्याएर सापकोटाले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट यादवको टाउको र गर्धनमा चोट लागेको छ।

उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई आइसियुमा राखेर उपचार गराइएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077