Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, मधेश र कोशीमा हावाहुरी

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077