Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक हमला गर्नेलाई कारबाही गर्न माग गरेको छ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने जो कोही व्यक्तिउपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’

कांग्रेसले सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।​ काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।

यादवको टाउको र जिउमा चोट लागेको छ। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ समेत गरिसकेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077