Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाटनको कृष्ण मन्दिर पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेका छन् ।

राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुगेका हुन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।

१७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077