Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्ने सापकोटा भन्छन् - रिस उठ्यो अनि यादवमाथि खुकुरी प्रहार गरे !

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका-७ घर भएका सापकोटाले सहमहामन्त्री यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका थिए।

आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए ।

प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको बयान प्रहरीलाई दिएको स्रोतले बतायो । सहमहामन्त्री यादवमाथि भएको खुकुरी प्रहार गर्ने सापकोटा राजसंस्थाप्रति आस्थावान रहेको खुलेको छ।

खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ गर्दा उनले राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए। सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार गराइएको छ। घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077