Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'अख्तियारको कर्मचारी हौँ' भन्दै व्यापारीहरुलाई धम्की दिने दुईजना पक्राउ

धनुषा । 'अख्तियारको कर्मचारी हौँ' भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरुले ७ वटा पसलमा रकम असुल गर्ने उद्देश्यले धम्की दिएको पाइएको छ ।

उनीहरुलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077