Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी राष्ट्रपति पुटिनलाई भेट्न किम जोङ उन रूस जाने

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन रूस जाने भएका छन्।

किम सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन्। किम राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी भइरहेको छ।

युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बताइएको छ।

त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्छ। उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077