Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति समक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

सोमबार कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभिर म्यानुल पौलिनिक भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कुङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

ओहदाको प्रमाणपत्र बुझाउने राजदूतहरुलाई होटल र्याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077