Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरामा भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको हो ।

उनी सङ्खुवासभा मकालु गाउँपालिका–१ का बासिन्दा हुन् । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077