Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनधिकृतरूपमा सञ्चालित औषधि पसल बन्द गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ।

कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेकाले ती पसललाई कानूनी दायरामा ल्याउन लागिएको कामनपाले जनाएको छ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालनमा छन्। सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको पौडेलले बताए।

‘सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कारबाही गर्ने छौँ,’ उनले भने, ‘यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन्। जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेका छन्।

पौडेलले महानगर क्षेत्रका धेरै औषधि पसल अवैध रुपमा सञ्चालमा रहेको थाहा पाएपछि अनुगमन गर्न लागिएको जानकारी दिए।

पौडेलका अनुसार अनुगमनका लागि कामपासँग विज्ञहरूको रोष्टर तयार छ।

‘उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ’, उनले भने, ‘अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेश गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो।’

औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ।

औषधि पसल सञ्चालन हुनका लागि कामपामा अनुमति लिनुपर्छ। फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेका छन्।

अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानूनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलले बताए।

कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077