Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखसँग भेटेर सिनेटर होलेनले भने - एमसीसीबाट नेपालले धेरै फाइदा लिनसक्छ

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

सभामुख घिमिरेसँग आइतवार भएको भेटवार्तामा सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिन सक्ने भन्दै कार्यान्वयनमा जोड दिएका छन् ।

सिनेटर होलेनले नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहेको बताए ।

नेपालमा एमसीसी कार्यान्वयन शुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै होलेनले एमसीसीबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गरे ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077