Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ का ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले पीडित किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जंगलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

बलात्कारको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत ललितपुरबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077