काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने बताएका छन् ।
पार्टीको चाँगुनारायण नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
उनले एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको जिकिर गरे । आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको अध्यक्ष नेपालको दाबी छ ।
अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
Leave a Reply