काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूले दिएको सार्वजनिक बिदा केही विद्यालयले कार्यान्वयन नगरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरले गएको बुधबार एक सूचना निकालेर आज सार्वजनिक बिदा दिएको थियो । तर, आज केही विद्यालयले महानगरको निर्णयको उल्लंघन गरेका हुन् ।
बिदामा पनि पठनपाठन गरेको गुनासो आएको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महानगरले आगामी दिनमा स्थानीय सरकारले गरेको निर्णय अनिवार्य पालना गर्न भनेको छ ।
Leave a Reply