Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १२ जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान प्रदान गरेका छन् ।

गृह मन्त्रालयको भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए ।

उनीहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच आईजीपी अर्यालले दर्ज्यानी चिह्न प्रदान प्रदान गरेका हुन् । महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरूप पदोन्नति भएको बताए ।

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन लिँदै संगठन स्थापना पश्चात संगठनको साख वृद्धिमा टेवा पु¥याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गरे ।

महानिरीक्षक अर्यालले भ्रष्टाचार विरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077