Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले दियो शुक्रवार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

जारी सूचनामा भनिएको छ,‘महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भदौ १३ गते प्रकाशित सूचनाअनुसार संवत् २०८० भदौ १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलनअनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भदौ १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

महानगरपालिकाले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077