Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

    सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 834
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

    बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ । समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा समेत छलफल हुनेछ ।



    यही भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापति चयन भएका थिए । त्यसपछि सभामुख र नवनिर्वाचित सभापतिहरुको पहिलो बैठक बस्न लागेको हो ।



    सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह छन् ।

    अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति सभापतिमा जनमतका अब्दुल खान छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार