Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर हर्क साम्पाङविरुद्ध सर्वोच्चमा मुद्दा, अदालतको अवहेलना गरेको आरोप

काठमाडौं । धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । साम्पाङसहित स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दे सर्वोच्चमा मुद्दा दायर भएको हो ।

दुवै विरुद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ की रोजिना अधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

उक्त मुद्दामा भदौ ३ गते नै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलाशले निवेदकको माग बमोजिम किन कारबाही हुनु नपर्ने हो ? कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

निवेदकद्धयले सर्वोच्च अदालतको आदेश विपरीत विवादित छोटीमोरङ डाँडामा गएर जर्बजस्ती वृक्षारोपण गरेको, पूर्ण इजलाशमा पेश गर्ने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा रहँदा नै अदालतलाई चेतावनीयुक्त अभिव्यक्ति दिइरहेको, विभिन्न युट्युब च्यानलमार्फत अदालतका न्यायाधिशहरुलाई आक्षेप लगाएको भन्दै मेयर साम्पाङ र राईलाई अदालतको अपहेलनामा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077