Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

तनहुँ । बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

जिल्लाको ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई प्रहरीले सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो ।

अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदै आएको प्रहरीले जनाएको छ।

घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले गत साउन ३१ गते बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् ।

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेका थिए । को प्रहरीले जनाएको छ। प्रधानाध्यापक थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077