Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार विधेयक र विद्युत् विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै सरकारले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै बैठकले नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एकपदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय छ ।

बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077