काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
यस अगाडिको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अमेरिका भ्रमण स्वीकृत गरेको थियो ।
मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।