Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिस्फोटमा संलग्न तीन जनालाई मृत्युदण्ड

एजेन्सी । इराकमा बम बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड दिइएको छ ।

इराकको राजधानी बग्दादमा सन् २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौं घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिकअतिबादी संगठन आइएसका ३ जनालाई मृत्युदण्ड दिइएको हो ।

इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न ३ जना तत्काल पक्राउ परेका थिए ।

इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077