Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने छु : आरजु राणा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएकी आरजु राणा देउवाले कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउने बताएकी छिन् ।

निर्वाचित भएपछि सभापति राणाले यस्तो बताएकी हुन् । उनले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।

सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका थिए।

उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन् । संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077