Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • बिपी साहित्य महोत्सव गर्दै कांग्रेस

    बिपी साहित्य महोत्सव गर्दै कांग्रेस

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते बीपी साहित्य महोत्सव आयोजना गर्न लागएको हो ।



    प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गरी ११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव गर्न लागिएको बताए । महोत्सवका १२ वटा सेसन हरेक दिन साँझ हुने छ ।



    महोत्सवमा कविता, गजल र सांगीतिक साँझका साथै चित्रकला, वृत्तचित्र र ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रम पनि रहेको विश्वकर्माले बताए ।

    यस्तै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन रपरिवारले बुझेका बीपी गरी १२ वटा सत्रहरु रहने छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार