Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकमा निर्माण सामाग्री राख्‍ने थापालाई महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमै निर्माण सामाग्री राख्‍नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो ।

रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको महानगर प्रहरीले जनाएको छ ।

महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ ।

[insert page='243782' display='yopanipadhnuhos.php']

हिजो मात्रै महानगरले ढुसी परेको कोक बेचेको भन्दै कालिञ्चोक ट्रेडिङलाई डेढ लाख जरिवाना तिराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077